SATI

the story of a widow's sacrifice

DOCUMENTARY PHOTOGRAPHY

R͏A͏K͏E͏S͏H͏ B͏I͏K͏R͏A͏M͏ S͏H͏A͏H͏I͏

11/4/20211 min read

यो प्रोजेक्ट बारे थोरै स्क्रिप्टको मार्फत बुझाउन खोजेकोछु पढ्नुहोला।
सती प्रथा एक ऐतिहासिक हिन्दू प्रथा हो जसमा विधवाले आफ्नो मृतक श्रीमानको चितामा बसेर बलिदान दिन्छिन्।

यो प्रोजेक्टको फोटोसुट मेरो काल्पनि कथामा आधारित भएर कथाले मागे अनुसार फोटोसुट भएको छ। फोटोसुटलाई जंगल, समुद्र र स्टुडियोमा बिभाजित गरी तिन वटा ठाउँमा फोटोसुट गरिएको छ। 


कथाको सुरुवात यसरी हुन्छ। कालखंड: सतयुग बाट सुरुवात भएर कलियुगको सुरुवात हुदै थियो। जहाँ मानिसहरुमा मोह, लोभ, क्रोध, अहंकार, हिंसा, असत्य, आदि तीव्र गतिमा बढ्दै थियो। जहाँ दुई प्रेमी प्रेमिका हुन्छन्। सगै मर्ने संगै बाच्ने कसम खाएका हुन्छन्। त्यो समय धनी-गरिब, चुवा-छुत प्रचलनमै थियो। केटो हुन्छन् साधारण परिवारबाट केटी हुन्छिन धनि राज खान्दान बाट। त्यसैले उनीहरुको प्रेममा बाधा उनीहरुको परिवार हुन्छ। समय बित्दै जान्छ एकदिन केटीको बिवहाको कुरा चल्छ। त्यस पछि ती दुई प्रेमीहरू आफ्नो परिवारको बिपरितमा भागेर बिवहा गर्छन। समय बित्दै जान्छ तर त्यो प्रेमीहरुको जीवनसैलिमा गरिबीका कारण धेरै समस्याहरु आऊछन्। केटी सधै दुखी अवस्थामा देखिन्छिन्। केही वर्ष पछि कारण बस केटाको मृत्य हुन्छ। त्यो समयमा सती प्रथा प्रचलनमै भएका कारण अब उनीलाई आफ्नो श्रीमानको चितामा जल्नु पर्ने थियो। तर उनीलाई आफ्नो ज्यानको, सुन्दर जवानीको मोहले गर्दा उनि आफ्नो प्रेमी संग गरेका बाचा कसमलाई भुलेर स्वार्थी बन्न पुग्छिन। उनी चिता बाट आफुलाई बचाउन खोज्दै भाग्छिन्।

नोट: फोटोसुटको सुरुवात यहाँ बाट भएको छ। उनी त्यस चिताबाट भाग्ने क्रममा पाएको वियोग, सघर्ष, दुख फोटोसुट बाट देखाइएको छ।

कथाको बाकी अंस: उनी त्यस चिता बाट भाग्दै जादा जंगल, नदिनाला हुदै आफ्नो पहिलेको राज परिवारमा फर्किन्छिन्। तर त्यहा पुग्दा पनि उनीलाई अपहेलना गरिन्छ। उनीलाई चारै तिर बाट दुर्व्यवहार गरिन्छ। त्यस पश्चात उनी भौतारिदै जंगल जानु पर्ने परिस्थिति आउछ। त्यस बिचमा कति पटक उनि जंगली जनावर अनि पुरुषहरुबाट आक्रमण हुन्छिन। यसरी समय बित्दै जान्छ र उनको शरीरले पनि साथ छोड्दै गएको हुन्छ। एकदिन उनी जंगलमा सुतिरहेको बेला सपनामा उनको प्रेमीको आत्मा आएर उनीलाई बोलाऊछ।

“आत्मा: मीरा तिमी यस्तो आवस्था कहाँ सुतिरहेकी। तिमीलाई डर लाग्दैन यस्तो ठाउँमा, जंगली जनावरहरु धेरै छन। आऊ हिड म संग।”
उनी निद्राबाट अतालिदै बिउझिन्छिन्, “अशोक, अशोक, अशोक !” तर त्यहा कुनै आकृति हुदैन। समय बित्दै जान्छ। उनी मृत्युको अन्तिम घडीमा पुगिसकेकी हुन्छिन। अन्त त उनीलाई आफ़्नुले गरेको पाप, धोका, बिस्वास घातको बोध हुन्छ। उनी मोह कै कारण असत्यको बाटो रोजेकी थिइन्। आफ्नो सत्य प्रेमको अग्नी परिक्षालाई नकारेकी थिइन्। उनीलाई आत्मबोध हुन्छ अनि उनी आफै आफ्नो चिता बनाएर अग्नी माथी बसेर आफुलाई जलाछिन्।

यस काल्पनिक कथा मार्फत दिन खोजेको आध्यात्मिक ज्ञान बारे। तलको अंश पढ्नुहोला। 

“जब सती प्रथाको अन्त्य भएको थियो।। 
तब कलियुगको सुरुवात भएको थियो।।”
यो वाक्यांश पढ्दा कति पए व्यक्तिहरु इतिहासका किताबमा लेखिएका मिति लिएर आउँन सक्छन। तर मैले आध्यात्मिक ज्ञानको आयामबाट नियालेर भन्दैछु।  


सती प्रथा बारे:  वेद, पुराण, उपनिषद्  मध्य सती शब्दको बयान शिव पुराणमा पाउनसक्छौ। जसमा शिव जी को पत्नी सती माँ हुनुहुन्छ। एकपटक सती माँ को आफ्नो बुवा द्वरा शिव जी को अपहेला हुदा माँ सतीले त्यसको वियोगमा अग्नीमा जल्नु भएको थियो। त्यस पश्चात ईश्वर प्रेमीहरुले यो सत्यको दिव्य परीक्षाका रुपमा प्रचलनमा ल्याएक थिए। तर पछि समय संगै अधर्म, पाप, मोह, माया बढे संगै यसको बिरोध हुदै गयो। यसलाई गलत अर्थ दिइयो। धर्मको बिनास गराउनेहरुले यस बारे नराम्रा कुरा बडाइ चाडा लेखे। अब वर्तमान समयमा पनि देख्न सकिन्छ कति हाम्रा धार्मिक कुराहरुलाई असत्य भनि त्यसलाई गलत भनिन्छ। तर के थाहा उनीहरुलाई हाम्रा धर्म ग्रन्थमाहरुमा लेखेका कुराहरु ऋषीमुनीहरुले हजारौ वर्ष ध्यान, तपस्या गरेर प्राप्त गरेका ज्ञान हुनभनेर। ति कुराहरु हामीले हाम्रो जीवनमा लागु गर्दा कतै न कतै सुस्म तत्व बाट प्रभाव परिरहेका हुन्छन। जसरी अहिले मानिसमा आध्यात्मिक ज्ञानको कमीले गर्दा चेतना संगै मानवता पनि हराउदैछ। यो ब्रह्माण्ड प्रेम र सत्यको विश्वासले चलेकोछ। जसरी सुर्यले हरेक दिन सबै प्राणीलाई सम्मान स्वरुप प्रकाश दिने बाचाका साथ सूर्योदय हुन्छ। त्यसरी नै हामी मानवले पनि हरेक प्राणीलाई प्रेम अनि सम्मान स्वरुप हेर्नु पर्छ र सधै सत्यको बाटो हिड्नु पर्छ। हामीले यस जीवनमा गरेको कर्म अनुसार हाम्रो मृत्यु पछिको जीवन निर्धारित हुने गर्छ। 

सूचना: यो मेरो आयामबाट सोचेका कुराहरु हुन सबैलाई चित्त नबुझन सक्छ। कही कतै नकारात्मक असर नपरोस भन्ने कामना छ। प्रोजेक्टलाई काल्पनिक कथा मार्फत प्रस्तुत गर्न मात्र
खोजिएको हो।


Publishing Book Soon!
SATI; the story of a widow's sacrifice
-Printed on fine art paper
-Matte finish for a premium look
Direct message or mail in case you don't wanna miss this opportunity to grab one.

Thank you for supporting us as always.

धन्यवाद!!! 🙏

Leave your review here...